छंद विधान की
सूची
राजु पाल्पा
-- Raju Palpa
विविध भाषाका
रचनाको अनुवाद, ख्यातिप्राप्त र उदीयमान साहित्यकार, दार्शनिक, राजनीतिज्ञ र समाजशास्त्रीको जीवनी अनि
दर्शनशास्त्र, समाजशास्त्र, इतिहास, राजनीतिलगायत समसामयिक विषयका उत्कृष्ट लेखहरूलाई विशेष महत्त्व दिइने छ । Special importance will be given to the translation of works in various
languages, biographies of famous and emerging writers, philosophers,
politicians and sociologists and
छन्द नियम । संकलन- राजु पठक । कोलकाता ।
अक्षर गणना
लघु = I = १ र गुरु = ऽ = २
१, अ इ उ ऋ लृ लघु मात्रा
हुन् । यसको १ मात्रा हुन्छ जसलाई "I" ले संकेत
गरिन्छ ।
२, आ ई ऊ ए ऐ ओ औ गुरु मात्रा
हुन् । यसको २ मात्रा हुन्छ जसलाई "ऽ" ले संकेत गरिन्छ ।
३, अनुस्वार र विसर्ग लागेको अक्षर गुरु हुन्छ- जस्तै अंशमा अ र दु:खमा द गुरु हुन्छ ।
४, संयुक्त
अक्षर-
यदि उच्चारण
गर्दा अर्ध अक्षरलाई अघिल्लोले तानेको छ भने अघिल्लो अक्षर ह्रस्व भए पनि गुरु हुन्छ जस्तै- सत्यमा स, पक्कामा प, मन्दमा म गुरु हुन्छ ।
यदि उच्चारण
गर्दा अर्ध अक्षरलाई पछिल्लोले तानेको छ भने अघिल्लो अक्षर ह्रस्व नै रहन्छ र पछिल्लो दीर्घ हुन्छ । जस्तै- गर्योमा ग लघु नै
रहन्छ, य दीर्घ छ दीर्घ नै रहने भै हाल्यो, त्यस्तै- टिप्यो, लग्यो, सुत्यो, सुन्यो आदि ।
हलन्त व्यंजनभन्दा अगाडिको अक्षर गुरु हुन्छ । हुन् को ह छन् को छ आदि ।
क्ष त्र ज्ञ द्ध द्व क्र प्र भन्दा अगाडिका अक्षरहरू गुरु हुन्छन् । यज्ञमा
य कक्षामा क र छत्रमा छ आदि ।
( पत्र= २१, वक्र = २१, यक्ष = २१, कक्ष - २१, यज्ञ = २१, शुद्ध =२१ क्रुद्ध =२१ गोत्र = २१, मूत्र = २१,)
५, चरणको अन्तिम अक्षर लघु भए पनि गुरु चाहिएको छ भने गुरु मानिन्छ तर लघु चाहिएको छ भने गुरु लेखेर लघु हुँदैन । अर्थात् लघु गुरु बन्छ तर गुरु गुरु नै रहन्छ लघु बन्दैन ।
छन्दको प्रकार
१, मात्रिक छन्द
२, वार्णिक छन्द
३, लोक छन्द
४, मुक्त छन्द
परिभाषा
१, मात्रिक छन्द : जुन छन्दमा मात्राको संख्या निश्चित हुन्छ उसलाई मात्रिक छन्द भनिन्छ ।
२, वार्णिक छन्द : जुन छन्दमा गण निर्धारण हुन्छ उसलाई वार्णिक छन्द भनिन्छ ।
३, लोक छन्द : यो छन्द मात्रा र गणमा बाँधिएको हुँदैन तर अक्षर
संख्या र क्रमले लयात्मक एवं गयात्मक हुन्छ ।
४, मुक्त छन्द : यो सबै छन्दबाट मुक्त हुन्छ । तर छन्दको झंकार हुन्छ ।
छ्न्दका अंगहरू
१, गति : पद्यको
पाठमा जुन बहाव हुन्छ त्यसलाई गति भनिन्छ ।
२, यति : पद्य
पाठ गर्दा जहाँ विश्राम हुन्छ त्यसलाई यति भनिन्छ ।
३, तुक : समान
उच्चारण हुने शब्दको प्रयोगलाई तुक भनिन्छ ।
४, मात्रा : वर्ण
उच्चारणमा जुन समय लाग्छ त्यसलाई मात्रा भनिन्छ । मात्रा
दुई प्रकारका हुन्छन् – लघु र गुरु ।
५, गण : मात्रा र
वर्णको संख्या निर्धारण गरी बनाइएको ३ अक्षरको समूहलाई गण भनिन्छ । गण ८ वटा छन् ।
य मा ता रा ज
भा न स ल गा
गण चिह्न
यगण (यमाता) Iऽऽ
मगण (मातारा) ऽऽऽ
तगण (ताराज) ऽऽI
रगण (राजभा) ऽIऽ
जगण (जभान) IऽI
भगण (भानस) ऽII
नगण (नसल) III
सगण (सलगा) IIऽ
केही मात्रिक
छन्दका उदाहरण :
मात्रिक छन्द ३ प्रकारका हुन्छन्-
१, सम मात्रिक
छन्द- यसका सबै पाउमा समान मात्रा हुन्छ ।
२, अर्द्धसम
मात्रिक छन्द- यसका दुई पाउमा समान एक खाले र अर्को दुई
पाउमा समान अर्को खाले मात्रा हुन्छ ।
३, विषम मात्रिक
छन्द- चारै पाउमा अलग अलग वा दुई पाउमा एक र दुई
पाउमा अलग अलग मात्रा हुन्छ ।
१, दोहा-
यो अर्द्धसम
मात्रिक छन्दमा हुन्छ । यसमा ४
चरण हुन्छन् । यसको पहिलो र तेस्रो चरणमा १३ मात्रा
एवं दोस्रो र चतुर्थ चरणमा ११ मात्रा हुन्छन् । यसको
सम पाउको अन्त्यमा गुरु लघु र विषम चरणको अन्त्यमा लघु गुरु हुन उत्तमहुन्छ । सम चरण तुकांत र विषम चरण अतुकांत l
मैले गरेको
गल्ती, २+२+ १+२+२+ २+२ = १३
खोज्दै नदौड
तिमी । २+२+ १+२+१+ १+२ = ११
पोखिन्छ तिम्रो गल्ती, २+२+ १+२+२+ २+२ = १३
ढाकेर राखे
पनि ॥ २+२+१+ २+२+ १+१ = ११
मैले गरेको
गल्ती, खोज्दै नदौड तिमी ।
पोखिन्छ तिम्रो गल्ती, ढाकेर राखे पनि ॥
-राजु पाठक
नोट:- उपरोक्त
नियमका साथसाथै निम्न कुरालाई पनि ध्यानमा राखी लिखिएका दोहा सही मानेमा पूर्ण र
सठीक मानिएका छन् ।
विषम चरण
4+4+3+2 (चौकल+चौकल+त्रिकल+द्विकल) या 3+3+2+3+2 (त्रिकल+त्रिकल+द्विकल+त्रिकल+द्विकल)
सम चरण- 4+4+3 (चौकल+चौकल+त्रिकल)
या 3+3+2+3 (त्रिकल+त्रिकल+द्विकल+त्रिकल)
२, दोही-
यो अर्द्धसम
मात्रिक छन्दमा हुन्छ । यसको
(विषम) पहिलो र तेस्रो चरणमा १५ मात्रा हुन्छ भने (सम)
दोस्रो र चतुर्थ चरणमा ११ मात्रा हुन्छ ।
पर्नु पीर पर्या छ मलाई, २+१+२+१+१+२+१+१+२+२ = १५
कसले देला
शान्ति । १+१+२+२+२+२+१ = ११
जोरले कराई
कराई, २+१+२+१+२+२+१+२+२ = १५
किन छर्दै छन्
भ्रान्ति ॥ १+१+२+२+२+२+१ = ११
पर्नु पीर पर्या छ मलाई, कसले देला शान्ति ।
जोरले कराई
कराई, किन छर्दै छन् भ्रान्ति ॥
-राजु पाठक
3, सोरठा-
यो अर्द्धसम
मात्रिक छन्द हो । यो दोहाको ठीक उल्टो हुन्छ । यसको विषम चरणमा ११-११ र सम चरणमा १३-१३ मात्रा हुन्छन् । विषम चरणहरूको अन्त्यमा एक लघु र एक गुरु मात्रा हुन आवश्यक
हुन्छ ।
खोज्दै नदौड
तिमी, २+२+ १+२+१+ १+२ = ११
मैले गरेको
गल्ती । २+२+ १+२+२+ २+२ = १३
ढाकेर राखे
पनि, २+२+१+ २+२+ १+१ = ११
पोखिन्छ तिम्रो गल्ती ॥ २+२+ १+२+२+ २+२ = १३
खोज्दै नदौड
तिमी, मैले गरेको गल्ती ।
ढाकेर राखे
पनि, पोखिन्छ तिम्रो गल्ती ॥
-राजु पाठक
४, रोला-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको
प्रत्येक ४ पंक्तिमा २४-२४ मात्रा हुन्छ । प्रत्येक
चरण यतिले दुई पदमा विभाजित हुन्छ । पहिलो पदमा ११ र दोस्रो पदमा १३ मात्रा हुन्छन् ।
के गर्दै छौ
तिमी, खोज्दा भेटिँदैनौ किन २+२+२+२+१+२,+ २+२+२+१+२+२+१+१ = २४
मरी गएँभने
बरु, आउला फूल चढाउन १+२+१+२+१+२+१+१+,२+१+२+२+१+१+२+१+१ = २४
मैले दोस्ती
गरेँ, सफा शुद्ध मनले सदा २+२+२+२+१+२,+१+२+२+१+१+१+२+१+२ = २४
तिम्रो रहेछ
खोट, प्राण उम्कियो पर्खंदा २+२+१+२+१+२+१,+ २+१+२+१+२+२+१+२ = २४
-राजु पाठक
नोट:- यतिको
पहिला वाचिक भार 21 (अपवाद स्वरूप 122) र यतिको बाद वाचिक भार 12 या 21 हुँदा उत्तम मानिन्छ l
५, चौपाई-
यो सममात्रिक
छन्द हो । यसको प्रत्येक ४ चरणमा १६-१६ मात्रा
हुन्छ । चरणको अन्त्यमा गुरु
लघु वर्जित हुन्छ ।
आयो मेघ कालो
बनायो । २+२+२+१+२+२+१+२+२ = १६
डरैलाग्दो
छायो अँध्यारो ।। १+२+२+२+२+२+१+२+२= १६
प्रकृति मान्छेको शत्रु भैगो । १+१+१+२+२+२+२+१+२+२= १६
जगत्को आयु
सकिँदै गैगो ।। १+२+२+२+१+१+१+२+२+२= १६
-राजु पाठक
६, कुण्डलिया-
यो विषम
मात्रिक छन्द हो । यसमा ६ चरण हुन्छन् । यसको प्रत्येक चरणमा २४ मात्रा हुन्छन् । यसको
पहिलो दुई चरण दोहाले र पछिल्लो चार चरण रोलाले बनेको हुन्छ । यसको दोस्रो चरणको उत्तरार्ध्य तेस्रो चरणको पूवार्ध्य हुन्छ । जुन शब्दबाट शुरू भएको छ त्यही शब्दमा अन्त्य हुन्छ । यहाँ एउटा हिन्दी कुण्डलिया उदाहरण स्वरूप प्रस्तुत गरेको
छु-
सावन बरसा जोर
से, प्रमुदित हुआ
किसान
लगा रोपने खेत
में, आशाओं के धान
आशाओं के धान, मधुर स्वर
कोयल बोले
लिए
प्रेम-सन्देश, मेघ सावन के डोले
'ठकुरेला' कविराय, लगा सबको मनभावन
मन में भरे
उमंग, झूमता गाता सावन
-विकिपिडिया
यसमा 'सावन' शब्दबाट शुरू
भएको छ र 'सावन' शब्दमै अन्त्य भएको छ । यसको दोस्रो चरणको उत्तरार्ध्य 'आशाओं के धान' तेस्रो चरणको
पूवार्ध्य छ । पहिलो दुई चरण दोहाको नियममा र बाँकी चार चरण रोलाको नियममा छ ।
७, गीतिका-
यो सममात्रिक
छन्दमा हुन्छ । प्रत्येक
चरणमा २६ मात्रा हुन्छन् । यति १४ अनि १२ मात्रामा हुन्छ । प्रत्येक चरणको अन्त्यमा १ गुरु १ लघु अनिवार्य हुन्छ । तुक पहिलोको दोस्रोसँग र तेस्रोको चौथोसँग मिल्छ ।
मान्दैन मनले नदेखी, कहाँ जाऊँ के गरूँ ।
जान्दैन हृदयले चोरी, कसको शरणमा परूँ ।।
मर्दैन तिर्खा
नहेरी, उनलाई बार बार ।
पुग्नै सकेन
उनीसम्म, कहिल्यै मेरो पुकार ॥
-राजु पाठक
८, हरिगीतिका-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको एक
चरणमा १६ र १२ गरि २८ मात्रा हुन्छ । यसमा १६ मात्रामा र चरणको अन्त्यमा यति हुन्छ ।
९, उल्लाला-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको एक
चरणमा १५ र १३ गरि २८ मात्रा हुन्छ । यसमा १५ मात्रामा र चरणको अन्त्यमा यति हुन्छ ।
१०, दिकपाल-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको एक
चरणमा १२ र १२ गरि २४ मात्रा हुन्छ । यसमा १२ मात्रामा र चरणको अन्त्यमा यति हुन्छ ।
११, आल्हा-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको एक
चरणमा १६ र १५ गरि ३१ मात्रा हुन्छ ।
१२, सार -
यो सममात्रिक
छन्दमा हुन्छ । यसको एक
चरणमा १६ र १२ गरि २८ मात्रा हुन्छ । यसमा १६ मात्रामा र चरणको अन्त्यमा यति हुन्छ । चरणको अन्त्यमा गुरु
गुरु (२ २) हुन्छ ।
१३, ताटंक, कुकुभ र
लावणी-
यी सममात्रिक
छन्द हुन् । यिनको एक चरणमा ३० मात्रा हुन्छ । १६ मा यति
हुन्छ । यसको चरणान्तमा गुरु गुरु गुरु छ भने ताटंक, गुरु गुरु छ भने कुकुभ र कुनै प्रतिबन्ध छैन भने लावणी छन्द हुन्छ ।
१४, रूपमाला-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको एक
चरणमा २४ मात्रा हुन्छ । १४ मात्रामा यति र चरणको अन्त्यमा गुरु लघु हुनु आवश्यक हुन्छ ।
१५, पदपादाकुलक-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको
प्रत्येक चार चरणमा १६ मात्रा हुन्छ । प्रत्येक
चरणको आदिमा द्विकल (२ या ११) हुनु अनिवार्य छ र त्रिकल (२१ या १२ या १११) वर्जित
छ ।
१६, राधिका-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको
प्रत्येक चार चरणमा २२ मात्रा हुन्छ । १३
मात्रामा यति हुन्छ । यतिको पहिला र पछि त्रिकल अनिवार्य हुन्छ ।
१७, श्रृंगार-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको
प्रत्येक चार चरणमा १६ मात्रा हुन्छ । यसको
आदिमा त्रिकल+द्विकल (३+२) र अन्त्यमा द्विकल+त्रिकल (२+३) हुन्छ ।
१८, कुण्डल-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको
प्रत्येक चार चरणमा २२ मात्रा हुन्छ । १२ मा यति
हुन्छ । यतिको अघि र पछि त्रिकल र चरणको अन्त्यमा गुरु गुरु (ऽ ऽ) हुनु अनिवार्य छ ।
१९, उडियाना-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको
प्रत्येक चार चरणमा २२ मात्रा हुन्छ । १२ मा यति
हुन्छ । यतिको अघि र पछि त्रिकल र चरणको अन्त्यमा लघु गुरु (I ऽ) हुनु अनिवार्य छ ।
२०, रास-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको
प्रत्येक चार चरणमा २२ मात्रा हुन्छ । ८, ८, ६ मा यति हुन्छ । चरणको अन्त्यमा लघु लघु गुरु (IIऽ) अनिवार्य छ
।
२१, निश्चल-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको
प्रत्येक चार चरणमा २३ मात्रा हुन्छ । १६
मात्रामा यति । चरणको अन्त्यमा गुरु लघु (ऽ I) अनिवार्य हुन्छ ।
२२, मुक्तामणि-
यो सममात्रिक
छन्दमा हुन्छ । यसको प्रत्येक
चार चरणमा २५ मात्रा हुन्छ । १३ मात्रामा यति र यतिको पहिला वाचनभार
गुरु गुरु (ऽ ऽ) हुन अनिवार्य छ ।
२३, हाकलि र मानव-
यी सममात्रिक
छन्द हुन् । हाकलि र मानव छन्दको प्रत्येक चार चरणमा १४ मात्रा हुन्छ । हालकिमा (4+4+4+2) को नियम
अनिवार्य हुन्छ भने मानव छन्दमा तीन चौकल हुँदैन तर अन्तिममा द्विकल हुन्छ ।
२४, चौपई या
जयकरी-
यो सममात्रिक
छन्द हो । यसको प्रत्येक चार चरणमा १५ मात्रा
हुन्छ । यसको प्रत्येक चरणको अन्त्यमा गुरु लघु अनिवार्य हुन्छ ।
२५, गगनांगना-
यो सममात्रिक
छन्द हो । यसको प्रत्येक चार चरणमा २५ मात्रा
हुन्छ । १६ मात्रामा यति र चरणान्त गुरु लघु गुरु अनिवार्य हुन्छ ।
२६, विष्णुपद-
यो सममात्रिक
छन्द हो । यसको प्रत्येक चार चरणमा २६ मात्रा
हुन्छ । १६ मात्रामा यति र चरणको अन्त्यमा गुरु हुन्छ ।
२७, शंकर-
यो सममात्रिक
छन्द हो । यसको प्रत्येक चार चरणमा २६ मात्रा
हुन्छ । १६ मात्रामा यति र चरणान्तमा गुरु लघु हुन्छ ।
२८, सरसी/कबीर/सुमंदर-
यो सममात्रिक
छन्द हो । यसको प्रत्येक चार चरणमा २७ मात्रा
हुन्छ । १६ मात्रामा यति र चरणान्तमा गुरु लघु हुन्छ ।
२९, बीर/आल्ह-
यो सममात्रिक
छन्द हो । यसको प्रत्येक चार चरणमा ३१ मात्रा
हुन्छ । १६ मात्रामा यति र चरणान्तमा गुरु लघु हुन्छ ।
वार्णिक छन्द :
वार्णिक छन्द धेरै प्रकारका हुन्छन् । एउटै अक्षरको पनि यो छन्द हुन्छ । अहिलेसम्म ३४ अक्षरसम्मको वार्णिक छन्दमा कविता लेखन भएको पाइन्छ । धेरै कम वा धेरै ज्यादा अक्षरका छन्द कविताहरूमा भन्न खोजिएको कुरो नपुग्ने एवं लयात्मक सौन्दर्यमा ह्रास आउनाले त्यति राम्रो नलाग्ने भएकोले सामान्यतय: ८ देखि २४
अक्षरसम्मका छन्द कविताको रचना गर्नु श्रेष्ठकर मानिन्छ । छन्द भन्ने बित्तिकै मात्रा निर्धारण अनिवार्य
हुन्छ । वार्णिक छन्दको विशेषता यो हो कि कुन ठाउँमा कति मात्रा हुने त्यो पनि निर्धारण गरिएको
हुन्छ । वार्णिक छन्दमा प्रत्येक चरणको मात्रा गणना गरेर मात्र पुग्दैन । प्रत्येक चरणमा शुरूदेखि
अन्त्यसम्म हरेक अक्षरको मात्रा निर्धारण गरिएको
हुन्छ । यो निर्धारण विधिको पालना गणद्वारा गरिन्छ । यहाँ केही लोकप्रिय छन्दको उदाहरण स्वरूप प्रस्तुत गरिएको छ-
१, भुजङ्गप्रयात-
यो बाह्र
अक्षरको हुन्छ । यसमा ६ अक्षरमा यति हुन्छ, यद्यपि भुजङ्गप्रयातलाई यतिले बाधा पुर्याउँदैन । यो
चार वटा य गण मिलेर बनेको हुन्छ ।
यमाता यमाता यमाता यमाता
Iऽऽ Iऽऽ Iऽऽ Iऽऽ
लुटी खा/ न
पल्की/ उठायो / त बास
बुझे है / उसैको / भयो स/ र्वनास ।
छिमेकी / लुटेरा / परेछन् / भने है
तिमी साँ/ धमा गै / सुरक्षा / गरे है ।।
लुटी खान
पल्की उठायो त बास
बुझे है उसैको
भयो सर्वनास ।
छिमेकी लुटेरा
परेछन् भने है
तिमी साँधमा
गै सुरक्षा गरे है ।।
- राजु पाठक
२, शार्दूलविक्रीडित-
यो १९ अक्षरको
हुन्छ । यसमा १२ अक्षरमा यति हुन्छ । यो मगण, सगण, जगण, सगण,तगण, तगण र १ गुरु मिलेर बनेको हुन्छ ।
मातारा सलगा जभान सलगा ताराज ताराज गुरु
ऽऽऽ IIऽ IऽI IIऽ ऽऽI ऽऽI ऽ
यस्तो सं /
कटको / घडी छ / कसले / देला स / हारा भ / नी
हेर्दैछौँ /
फुटपा / त छेउ / उभिई / निर्धो भि / खारी स / री ।
के गर्ने /
कसरी / रमाउ / न सकौँ / हामी तँ / आफैँ ब / ता
सर्वत्रै /
विष फै / लियो नि / जगमा / उम्केर / जाने क / ता ।।
यस्तो संकटको
घडी छ कसले, देला सहारा भनी ।
हेर्दैछौँ
फुटपात छेउ उभिई, निर्धो भिखारी सरी ।।
के गर्ने कसरी
रमाउन सकौँ, हामी तँ आफैँ बता ।
सर्वत्रै विष
फैलियो नि जगमा, उम्केर जाने कता ।।
- राजु पाठक
३, वंशस्थ-
यसको प्रत्येक
चरणमा १२ अक्षर हुन्छ । यसमा यति चरणको अन्त्यमा हुन्छ । यो जगण, तगण, जगण, रगणले बनेको हुन्छ ।
जभान ताराज जभान राजभा
IऽI ऽऽI IऽI ऽIऽ
जुबान / सोचेर
/ तिखार / है प्रिया ।
जुबान / ले
गर्छ / सबै कु/रो प्रिया ।।
जुबान / मीठो
त / सबै प्रि/या प्रिया ।
जुबान / खट्टा
त / सबै फि/का प्रिया ।।
जुबान सोचेर
तिखार है प्रिया ।
जुबानले गर्छ
सबै कुरो प्रिया ।।
जुबान मीठो त
सबै प्रिया प्रिया ।
जुबान खट्टा त
सबै फिका प्रिया ।।
-राजु पाठक
३, स्रग्धरा-
यसको प्रत्येक
चरणमा २१ वर्ण हुन्छ । यति क्रमश: ७, ७, ७ वर्णमा हुन्छ । यो मगण, रगण, भगण, नगण, यगण, यगण, यगणले बनेको हुन्छ ।
मातारा राजभा भानस नसल यमाता यमाता यमाता
ऽऽऽ ऽIऽ ऽII III Iऽऽ Iऽऽ Iऽऽ
आँखामा दिव्य
दृष्टि प्रकट हुन सके देख्न पाइन्छ धेरै ।
भाषामा
सूक्ष्म दृष्टि प्रखर हुन सके लेख्न पाइन्छ धेरै ॥
आँखाको
तीक्ष्ण भाषा हृदयतिर सरोस् भावना स्वच्छ बन्दै ।
नेपाली एकतामा
सबल पथ मिलोस् दृष्टि अन्धो नबन्दै ॥
-प्रह्लाद पोख्रेल (आँखा, क.सं. अक्षर आराधना)
४, तोटक-
यसको प्रत्येक
चरणमा १२ वर्ण हुन्छ । यति चरणको अन्त्यमा हुन्छ । यो ४ वटा सगण मिलेर बनेको हुन्छ ।
सलगा सलगा सलगा सलगा
IIऽ IIऽ IIऽ IIऽ
मनमा छ अपार
खुसी किन हो ?
घर नै हरियो
लहरा हुन गो
शिरमा हिउँको
पगरी छ सधैँ
उरमा लहरा
लहरिन्छ सधैँ ।
डा. देवी
नेपाल
५, अनुष्टुप-
यसको प्रत्येक
चरणमा ८ अक्षर हुन्छ । यसमा गण व्यवस्था हुँदैन, तर प्रत्येक
चरणको पाचौँ अक्षर ह्रस्व र छैठौँ अक्षर दीर्घ, पहिलो र तेस्रो चरणको सतौँ अक्षर दीर्घ एवं
दोस्रो र चौथो चरणको सतौँ अक्षर ह्रस्व हुनु अनिवार्य हुन्छ । यसको प्रारम्भ न र भ गणबाट नगर्दा उत्तम हुन्छ । यसका थुप्रै भेदहरू छन् ।
अन्य केही
वार्णिक छन्दहरू-
६, विद्युन्माला- मगण मगण गुरु गुरु ऽऽऽ ऽऽऽ ऽ ऽ चार अक्षरमा छोटो विश्राम ।
७, कुर्सी- भगण मगण गुरु गुरु ऽII ऽऽऽ ऽ ऽ चार अक्षरमा
छोटो विश्राम ।
८, प्रमाणिका- जगण रगण लघु गुरु IऽI ऽIऽ I ऽ पाँच अक्षरमा
छोटो विश्राम ।
९, चित्रपदा- भगण भगण गुरु गुरु ऽII ऽII ऽ ऽ पाँच अक्षरमा
छोटो विश्राम ।
१०, माणवक- भगण तगण लघु गुरु ऽII ऽऽI I ऽ चार अक्षरमा
छोटो विश्राम ।
११, मल्लिका- रगण जगण गुरु लघु ऽIऽ IऽI ऽ I चार अक्षरमा
छोटो विश्राम ।
१२, कमल- नगण सगण लघु गुरु III IIऽ I ऽ पाँच अक्षरमा
छोटो विश्राम ।
१३, नाराचिका- तगण रगण लघु गुरु ऽऽI ऽIऽ I ऽ चार अक्षरमा
छोटो विश्राम ।
१४, हंसरुत- मगण नगण गुरु लघु ऽऽऽ III ऽ I दुई अक्षरमा
छोटो विश्राम ।
१५, तुङ्गा- नगण नगण गुरु गुरु III III ऽ ऽ छ अक्षरमा
छोटो विश्राम ।
१६, मणिमध्य- भगण मगण सगण ऽII ऽऽऽ IIऽ पाँच अक्षरमा
विश्राम ।
१७, भुजगशिशुभृता-
नगण नगण मगण III III ऽऽऽ छ अक्षरमा विश्राम ।
१८, भुजङ्गसङ्गता-
सगण जगण रगण IIऽ IऽI ऽIऽ तीन अक्षरमा विश्राम ।
१९, रूपामाली- मगण मगण मगण ऽऽऽ ऽऽऽ ऽऽऽ चार अक्षरमा
विश्राम ।
२०, हलमुखी- रगण नगण सगण ऽIऽ III IIऽ तीन अक्षरमा
विश्राम ।
२१, महालक्ष्मी- रगण रगण रगण ऽIऽ ऽIऽ ऽIऽ तीन अक्षरमा
विश्राम ।
२२, पाइत्ता- मगण भगण सगण ऽऽऽ ऽII IIऽ चार अक्षरमा
विश्राम ।
२३, निम्ब- नगण सगण यगण III IIऽ Iऽऽ तीन अक्षरमा
विश्राम ।
२४, तमोर- सगण जगण जगण IIऽ IऽI IऽI पाँच अक्षरमा
विश्राम ।
२५, सारङ्गिका-
नगण यगण सगण III Iऽऽ IIऽ छ अक्षरमा विश्राम ।
२६, कसल- नगण नगण सगण III III IIऽ चार अक्षरमा
विश्राम ।
२७, चम्पकमाला- भगण
मगण सगण गुरु ऽII ऽऽऽ IIऽ ऽ पाँच अक्षरमा विश्राम ।
२८, शुद्धविराट- मगण सगण जगण
गुरु ऽऽऽ IIऽ IऽI ऽ तीन र सात अक्षरमा विश्राम ।
२९, हंसी- मगण भगण नगण
गुरु ऽऽऽ ऽII III ऽ चार अक्षरमा विश्राम ।
३०, मत्ता- मगण भगण सगण
गुरु ऽऽऽ ऽII IIऽ ऽ चार अक्षरमा विश्राम ।
३१, त्वरितगति- नगण जगण नगण
गुरु III IऽI III ऽ पाँच अक्षरमा विश्राम ।
३२, मनोरमा- नगण रगण जगण
गुरु III ऽIऽ IऽI ऽ छ अक्षरमा विश्राम ।
३३, संयुता- सगण जगण जगण
गुरु IIऽ IऽI IऽI ऽ पाँच अक्षरमा विश्राम ।
३४, सुन्दरी- रगण यगण जगण गुरु ऽIऽ Iऽऽ IऽI ऽ पाँच अक्षरमा विश्राम ।
३५, उपस्थिता- तगण जगण जगण
गुरु ऽऽI IऽI IऽI ऽ छ अक्षरमा विश्राम ।
३६, सारवती- भगण भगण भगण
गुरु ऽII ऽII ऽII ऽ छ अक्षरमा विश्राम ।
३७, सुषमा- तगण यगण भगण
गुरु ऽऽI Iऽऽ ऽII ऽ छ अक्षरमा विश्राम ।
३८, मयूरसारिणी-
रगण जगण रगण गुरु ऽIऽ IऽI ऽIऽ ऽ
३९, प्रवण- मगण नगण जगण
गुरु ऽऽऽ III IऽI ऽ
४०, इन्द्रवज्रा- तगण तगण जगण गुरु गुरु ऽऽI ऽऽI IऽI ऽ ऽ पाँच अक्षरमा विश्राम ।
४१, उपेन्द्रवज्रा- जगण तगण जगण गुरु गुरु IऽI ऽऽI IऽI ऽ ऽ पाँच अक्षरमा विश्राम ।
४२, उपजाति- इन्द्रवज्रा र उपेन्द्रवज्रा एवं वंशस्थ र इन्द्रवंश मिलेर बनेको छन्दलाई उपजाति भनिन्छ ।
४३, स्वागता- रगण नगण भगण
गुरु गुरु ऽIऽ III ऽII ऽ ऽ सात अक्षरमा विश्राम ।
४४, कामचारिणी-
रगण नगण रगण लघु गुरु ऽIऽ III ऽIऽ I ऽ सात अक्षरमा विश्राम ।
४५, शालिनी- मगण तगण तगण
गुरु गुरु ऽऽऽ ऽऽI ऽऽI ऽ ऽ चार अक्षरमा विश्राम ।
४६, दोधक- भगण भगण भगण
गुरु गुरु ऽII ऽII ऽII ऽ ऽ तीन र छ अक्षरमा विश्राम ।
४७, इन्दिरा- नगण रगण रगण लघु गुरु III ऽIऽ ऽIऽ I ऽ तीन र छ अक्षरमा विश्राम ।
४८, अनुकूला- भगण तगण नगण
गुरु गुरु ऽII ऽऽI III ऽ ऽ पाँच अक्षरमा विश्राम ।
४९, सुमुखी- नगण जगण जगण
लघु गुरु III IऽI IऽI I ऽ पाँच अक्षरमा विश्राम ।
५०, मोटनक- तगण जगण जगण
लघु गुरु ऽऽI IऽI IऽI I ऽ पाँच अक्षरमा विश्राम ।
५१, वातोर्मी- मगण भगण तगण
गुरु गुरु ऽऽऽ ऽII ऽऽI ऽ ऽ चार अक्षरमा विश्राम ।
५२, दमनक- नगण नगण नगण
लघु गुरु III III III I ऽ छ अक्षरमा विश्राम ।
५३, भुजङ्गी- यगण यगण यगण
लघु गुरु Iऽऽ Iऽऽ Iऽऽ I ऽ छ अक्षरमा विश्राम ।
५४, कुपुरुषजनिता-
नगण नगण रगण गुरु गुरु III III ऽIऽ ऽ ऽ सात अक्षरमा विश्राम ।
५५, अनवसिता- नगण
यगण भगण गुरु गुरु III Iऽऽ ऽII ऽ ऽ पाँच अक्षरमा विश्राम ।
५६, भ्रमरविलासी-
मगण भगण नगण लघु गुरु ऽऽऽ ऽII III I ऽ चार अक्षरमा विश्राम ।
५७, श्येनिका- रगण जगण रगण
लघु गुरु ऽIऽ IऽI ऽIऽ I ऽ पाँच अक्षरमा विश्राम ।
५८, उपस्थित- जगण सगण तगण
गुरु गुरु IऽI IIऽ ऽऽI ऽ ऽ छ अक्षरमा विश्राम ।
५९, वृन्ता- नगण नगण सगण गुरु गुरु III III IIऽ ऽ ऽ चार अक्षरमा विश्राम ।
६०, भद्रिका- नगण नगण रगण
लघु गुरु III III ऽIऽ I ऽ छ अक्षरमा विश्राम ।
६१, पुष्पाञ्जली- जगण मगण जगण गुरु गुरु IऽI ऽऽऽ IऽI ऽ ऽ छ अक्षरमा विश्राम ।
६२, माला- मगण मगण मगण
गुरु गुरु ऽऽऽ ऽऽऽ ऽऽऽ ऽ ऽ पाँच अक्षरमा विश्राम ।
६३, सुमेरु- यगण रगण तगण
गुरु गुरु Iऽऽ ऽIऽ ऽऽI ऽ ऽ चार अक्षरमा विश्राम ।
६४, वियोगिनी- सगण सगण जगण
गुरु IIऽ IIऽ IऽI ऽ पहिलो र तेस्रो चरण (१० अक्षर)
सगण भगण रगण
लघु गुरु IIऽ ऽII ऽIऽ I ऽ दोस्रो र चौथो चरण (११ अक्षर)
छ अक्षरमा
विश्राम ।
६५, स्रग्विणी- रगण रगण रगण
रगण ऽIऽ ऽIऽ ऽIऽ ऽIऽ छ अक्षरमा विश्राम ।
६६, कुसुमविचित्रा-
नगण यगण नगण यगण III Iऽऽ III Iऽऽ छ अक्षरमा विश्राम ।
६७, चन्द्रवर्त्म- रगण नगण भगण सगण ऽIऽ III ऽII IIऽ सात अक्षरमा विश्राम ।
६८, इन्द्रवंशा- तगन तगण जगण रगण ऽऽI ऽऽI IऽI ऽIऽ पाँच अक्षरमा विश्राम ।
६९, वंशस्थ जगण तगण जगण
रगण IऽI ऽऽI IऽI ऽIऽ
७०, द्रुतविलम्बित-
नगण भगण भगण रगण III ऽII ऽII ऽIऽ चार र सात अक्षरमा विश्राम ।
७१, वैश्वदेवी- मगण मगण यगण
यगण ऽऽऽ ऽऽऽ Iऽऽ Iऽऽ पाँच अक्षरमा विश्राम ।
७२, अभिनवतामरसा-
नगण जगण जगण यगण III IऽI IऽI Iऽऽ छ अक्षरमा विश्राम ।
७३, प्रमिताक्षरा- सगण जगण सगण
सगण IIऽ IऽI IIऽ IIऽ पाँच अक्षरमा विश्राम ।
७४, ललिता- तगण भगण जगण
रगण ऽऽI ऽII IऽI ऽIऽ आठ अक्षरमा विश्राम ।
७५, विलासिनी- जगण सगण जगण
सगण IऽI IIऽ IऽI IIऽ छ अक्षरमा विश्राम ।
७६, मन्दाकिनी- नगण नगण रगण रगण III III ऽIऽ ऽIऽ सात अक्षरमा विश्राम ।
७७, मालती- नगण जगण जगण
रगण III IऽI IऽI ऽIऽ सात अक्षरमा विश्राम ।
७८, जलधरमाला- मगण
भगण सगण मगण ऽऽऽ ऽII IIऽ ऽऽऽ
७९, मणिमाला- तगण यगण तगण
यगण ऽऽI Iऽऽ ऽऽI Iऽऽ छ अक्षरमा विश्राम ।
८०, शिखर- मगण भगण यगण
रगण ऽऽऽ ऽII Iऽऽ ऽIऽ चार अक्षरमा विश्राम ।
८१, प्रभावली- नगण रगण नगण
रगण III ऽIऽ III ऽIऽ छ अक्षरमा विश्राम ।
८२, प्रियंवदा- नगण भगण जगण
रगण III ऽII IऽI ऽIऽ प्रत्येक चार अक्षरमा विश्राम ।
८३, मोदक- भगण भगण भगण
भगण ऽII ऽII ऽII ऽII छ अक्षरमा विश्राम ।
८४, मौक्तिकदाम-
जगण जगण जगण जगण IऽI IऽI IऽI IऽI सात अक्षरमा विश्राम ।
८५, सारङ्ग- तगण तगण तगण
तगण ऽऽI ऽऽI ऽऽI ऽऽI
८६, तरलनयन- नगण नगण नगण
नगण III III III III छ अक्षरमा विश्राम ।
८७, विद्याधर- मगण मगण मगण
मगण ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ आठ अक्षरमा विश्राम ।
८८, पुट- नगण नगण मगण
यगण III III ऽऽऽ Iऽऽ सात अक्षरमा विश्राम ।
८९, महितोज्ज्वला-
नगण नगण मगण रगण III III ऽऽऽ ऽIऽ सात अक्षरमा विश्राम ।
९०, नवमालिका- नगण
जगण भगण यगण III IऽI ऽII Iऽऽ सात अक्षरमा विश्राम ।
९१, ललना- भगण तगण नगण
सगण ऽII ऽऽI III IIऽ पाँच अक्षरमा विश्राम ।
९२, विभावरी- जगण रगण जगण
रगण IऽI ऽIऽ IऽI ऽIऽ छ अक्षरमा विश्राम ।
९३, तत- नगण नगण मगण
रगण III III ऽऽऽ IऽI आठ अक्षरमा विश्राम ।
९४, द्वतपद- मगण भगण नगण
यगण ऽऽऽ ऽII III Iऽऽ
९५, उपचित्रा- जगण रगण नगण
जगण ऽII IऽI III ऽII सात अक्षरमा विश्राम ।
९६, कल्पित- मगण सगण तगण
सगण ऽऽऽ IIऽ ऽऽI IIऽ सात अक्षरमा विश्राम ।
९७, पुष्पिताग्रा- नगण नगण रगण
यगण III III ऽIऽ Iऽऽ पहिलो र तेस्रो चरण(१२ अक्षर)
नगण जगण जगण
रगण गुरु III IऽI IऽI ऽIऽ ऽ दोस्रो र चौथो चरण (१३ अक्षर)
छ अक्षरमा
विश्राम ।
९८, प्रहर्षिणी- मगण नगण जगण
रगण गुरु ऽऽऽ III IऽI ऽIऽ ऽ तीन र आठ अक्षरमा छोटो विश्राम ।
९९, मत्तमयूर- मगण तगण यगण
सगण गुरु ऽऽऽ ऽऽI Iऽऽ IIऽ ऽ चार र नौ अक्षरमा छोटो विश्राम ।
१००, रुचिरा- जगण भगण सगण
जगण गुरु IऽI ऽII IIऽ IऽI ऽ तीन र नौ अक्षरमा विश्राम ।
१०१, चण्डी- नगण नगण सगण
सगण गुरु III III IIऽ IIऽ ऽ आठ अक्षरमा विश्राम ।
१०२, मञ्जुभाषिणी- सगण जगण सगण जगण गुरु IIऽ IऽI IIऽ IऽI ऽ पाँच अक्षरमा विश्राम ।
१०३, मृगेन्द्रमुख- नगण जगण जगण रगण गुरु III IऽI IऽI ऽIऽ ऽ छ अक्षरमा विश्राम ।
१०४, चन्द्रिका- नगण नगण तगण तगण गुरु III III ऽऽI ऽऽI ऽ सात अक्षरमा विश्राम ।
१०५, कलहंस- सगण जगण सगण
सगण गुरु IIऽ IऽI IIऽ IIऽ ऽ नौ अक्षरमा विश्राम ।
१०६, प्रभावती- तगण भगण सगण
जगण गुरु ऽऽI ऽII IIऽ IऽI ऽ चार र नौ अक्षरमा विश्राम ।
१०७, कन्द- यगण यगण यगण यगण लघु Iऽऽ Iऽऽ Iऽऽ Iऽऽ I छ अक्षरमा विश्राम ।
१०८, कुटजा- सगण जगण सगण
सगण गुरु IIऽ IऽI IIऽ IIऽ ऽ पाँच र नौ अक्षरमा विश्राम ।
१०९, जुगल- मगण यगण रगण
सगण गुरु ऽऽऽ Iऽऽ ऽIऽ IIऽ ऽ सात अक्षरमा विश्राम ।
११०, पङ्कावली-
भगण नगण जगण जगण लघु ऽII III IऽI IऽI I सात अक्षरमा विश्राम ।
१११, तारक- सगण सगण सगण
सगण गुरु IIऽ IIऽ IIऽ IIऽ ऽ छ अक्षरमा विश्राम ।
११२, चञ्चरीकालवती- यगण मगण रगण रगण गुरु Iऽऽ ऽऽऽ ऽIऽ ऽIऽ ऽ छ अक्षरमा विश्राम ।
११३, विजया- नगण भगण भगण
भगण गुरु III ऽ II ऽ II ऽ II ऽ चार र सात अक्षरमा विश्राम ।
११४, वसन्ततिलका- तगण भगण जगण जगण गुरु गुरु ऽऽI ऽII IऽI IऽI ऽ ऽ आठ अक्षरमा विश्राम ।
११५, लोला- मगण सगण मगण
भगण गुरु गुरु ऽऽऽ IIऽ ऽऽऽ ऽII ऽ ऽ सात अक्षरमा विश्राम ।
११६, नान्दीमुखी- नगण नगण तगण तगण गुरु गुरु III III ऽ ऽ I ऽ ऽ I ऽ ऽ सात अक्षरमा विश्राम ।
११७, चक्रपद- भगण नगण नगण
नगण लघु गुरु ऽII III III III I ऽ सात अक्षरमा विश्राम ।
११८, मञ्जुला- रगण जगण तगण रगण लघु गुरु ऽIऽ IऽI ऽऽI ऽIऽ I ऽ सात अक्षरमा
विश्राम ।
११९, प्रमदा- नगण जगण भगण
जगण लघु गुरु III IऽI ऽII IऽI I ऽ सात अक्षरमा विश्राम ।
१२०, प्रभात- तगण तगण रगण
यगण लघु गुरु ऽऽI ऽऽI ऽIऽ Iऽऽ I ऽ सात अक्षरमा विश्राम ।
१२१, असम्बाधा- मगण
तगण नगण सगण गुरु गुरु ऽऽऽ ऽऽI III IIऽ ऽ ऽ
१२२, विभूति- तगण मगण मगण
यगण गुरु गुरु ऽऽI ऽऽऽ ऽऽऽ Iऽऽ ऽ ऽ सात अक्षरमा विश्राम ।
१२३, मृदुमाला- नगण नगण नगण
नगण गुरु गुरु III III III III ऽ ऽ प्रत्येक चार अक्षरमा छोटो विश्राम ।
१२४, अपराजिता- नगण
नगण रगण सगण लघु गुरु III III ऽIऽ IIऽ I ऽ सात अक्षरमा विश्राम ।
१२५, इन्दुवदना- भगण जगण सगण नगण गुरु गुरु ऽII IऽI IIऽ III ऽ ऽ ५ र ९ अक्षरमा विश्राम ।
१२६, प्रहरणकलिका-
नगण नगण भगण नगण लघु गुरु III III ऽ II III I ऽ सात अक्षरमा विश्राम ।
१२७, वासन्ती- मगण तगण नगण मगण गुरु गुरु ऽऽऽ ऽऽI III ऽऽऽ ऽ ऽ ४ र १० अक्षरमा विश्राम ।
१२८, अलोला- मगण सगण मगण
सगण गुरु गुरु ऽऽऽ IIऽ ऽऽऽ IIऽ ऽ ऽ आठ अक्षरमा विश्राम ।
१२९, दिक्पाल- तगण रगण मगण
जगण गुरु गुरु ऽऽI ऽIऽ ऽऽऽ IऽI ऽ ऽ सात अक्षरमा विश्राम ।
१३०, लक्ष्मी- मगण सगण तगण
भगण गुरु गुरु ऽऽऽ IIऽ ऽऽI ऽII ऽ ऽ आठ अक्षरमा विश्राम ।
१३१, उग्रवासन्ती- मगण रगण तगण तगण गुरु गुरु ऽऽऽ ऽIऽ ऽऽ I ऽऽI ऽ ऽ आठ अक्षरमा विश्राम ।
१३२, मालिनी- न न म य य III III ऽऽऽ Iऽऽ Iऽऽ आठ अक्षरमा
विश्राम ।
१३३, चामर- र ज र ज र ऽIऽ IऽI ऽIऽ IऽI ऽIऽ सात अक्षरमा
विश्राम ।
१३४, सारङ्गी- म म म म म ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ आठ अक्षरमा
विश्राम ।
१३५, शशिकला- न न न
न स III III III III IIऽ ४ र ८ अक्षरमा विश्राम ।
१३६, विपिनतिलका- न
स न र र III IIऽ III ऽIऽ ऽIऽ छ अक्षरमा विश्राम ।
१३७, चन्द्ररेखा- म र म य य ऽऽऽ ऽIऽ ऽऽऽ Iऽऽ Iऽऽ सात अक्षरमा विश्राम ।
१३८, चित्रा- म म म य य ऽऽऽ ऽऽऽ ऽऽऽ Iऽऽ Iऽऽ आठ अक्षरमा
विश्राम ।
१३९, प्रभद्रक- न ज भ ज र III IऽI ऽII IऽI ऽIऽ पाँच अक्षरमा
विश्राम ।
१४०, निशिपाल- भ ज
स न र ऽII IऽI IIऽ III ऽIऽ पाँच अक्षरमा विश्राम ।
१४१, भ्रमरावली- स
स स स स IIऽ IIऽ IIऽ IIऽ IIऽ छ अक्षरमा विश्राम ।
१४२, एला- स ज न न य IIऽ Iऽ I III III Iऽ ऽ छ अक्षरमा
विश्राम ।
१४३, मेनका- र त म य र ऽIऽ ऽऽI ऽऽऽ Iऽऽ ऽIऽ सात अक्षरमा
विश्राम ।
१४४, वाणिनी- न ज भ ज र
गुरु III IऽI ऽII IऽI ऽIऽ ऽ सात अक्षरमा विश्राम ।
१४५, पञ्चचामर- ज र ज र ज गुरु IऽI ऽIऽ IऽI ऽIऽ IऽI ऽ आठ अक्षरमा विश्राम ।
१४६, मदनललिता- म भ
न म न गुरु ऽऽऽ ऽII III ऽऽऽ IIIऽ ४ र १० अक्षरमा विश्राम ।
१४७, प्रवरललिता- य
म न स र गुरु Iऽऽ ऽऽऽ III IIऽ ऽIऽ ऽ ६ र १२ अक्षरमा
विश्राम ।
१४८, नील- भ भ भ भ भ
गुरु ऽII ऽII ऽII ऽII ऽII ऽ सात अक्षरमा विश्राम ।
१४९, गरुडरुता- न ज भ ज त
गुरु III IऽI ऽII IऽI ऽऽI ऽ ५ र ११ अक्षरमा
विश्राम ।
१५०, चञ्चला- र ज र ज र लघु ऽIऽ IऽI ऽIऽ IऽI ऽIऽ I आठ अक्षरमा विश्राम ।
१५१, चकिता- भ स म त न
गुरु ऽII IIऽ ऽऽऽ ऽऽI III ऽ ६ र १० अक्षरमा विश्राम ।
१५२, बीभत्स- त म य र त
गुरु ऽऽI ऽऽऽ Iऽऽ ऽIऽ ऽऽI ऽ आठ अक्षरमा विश्राम ।
१५३, विधाता- य र त म य
गुरु Iऽऽ ऽIऽ ऽऽI ऽऽऽ Iऽऽ ऽ आठ अक्षरमा विश्राम ।
१५४, ब्रह्मायणी- र
म भ य स गुरु ऽIऽ ऽऽऽ ऽII Iऽऽ IIऽ ऽ सात अक्षरमा विश्राम ।
१५५, सृष्टि- स स स स स
गुरु Iऽऽ Iऽऽ Iऽऽ Iऽऽ Iऽऽ ऽ ६ र १२ अक्षरमा विश्राम ।
१५६, शिखरिणी- य म
न स भ लघु गुरु Iऽऽ ऽऽऽ III IIऽ ऽII I ऽ प्रत्येक ६अक्षरमा विश्राम ।
१५७, पृथ्वी- ज स ज स य लघु
गुरु IऽI IIऽ IऽI IIऽ Iऽऽ I ऽ आठ अक्षरमा विश्राम ।
१५८, मन्दाक्रान्ता- म भ न त त गुरु गुरु ऽऽऽ ऽII III ऽऽI ऽऽI ऽ ऽ ४ र १०
अक्षरमा विश्राम ।
१५९, वंशपत्रपतिता-
भ र न भ न लघु गुरु ऽII ऽIऽ III ऽII III I ऽ १० अक्षरमा विश्राम ।
१६०, हरिणी- न स म र स लघु
गुरु III IIऽ ऽऽऽ ऽIऽ IIऽ I ऽ सात अक्षरमा विश्राम ।
१६१, नर्दटक- न ज भ ज ज लघु
गुरु III IऽI ऽII IऽI IऽI I ऽ सात अक्षरमा विश्राम ।
१६२, हारिणी- म भ न म य लघु
गुरु ऽऽऽ ऽII III ऽऽऽ Iऽऽ I ऽ ४ र १० अक्षरमा विश्राम ।
१६३, भाराक्रान्ता- म भ न र स लघु गुरु ऽऽऽ ऽII III ऽIऽ IIऽ I ऽ ४ र १० अक्षरमा विश्राम ।
१६४, मालाधर- न स ज स य लघु
गुरु III IIऽ IऽI IIऽ Iऽऽ I ऽ आठ अक्षरमा विश्राम ।
१६५, कोकिलक- न ज भ
न ज लगु गुरु III IऽI ऽII III IऽI I ऽ ५ र ११ अक्षरमा विश्राम ।
१६६, चित्रलेखा- म
भ न य य य ऽऽऽ ऽII III Iऽऽ Iऽऽ Iऽऽ ४ र ११ अक्षरमा विश्राम ।
१६७, नन्दन- न ज भ ज र र III IऽI ऽII IऽI ऽIऽ ऽIऽ ७ र १३ अक्षरमा विश्राम ।
१६८, नाराच- न न र र र र III III ऽIऽ ऽIऽ ऽIऽ ऽIऽ ७ अक्षरमा
विश्राम ।
१६९, शार्दूलललित-
म स ज स त स ऽऽऽ IIऽ IऽI IIऽ ऽऽI IIऽ ६ र १२ अक्षरमा विश्राम ।
१७०, मञ्जीरा- म म भ म स म ऽऽऽ ऽऽऽ ऽII ऽऽऽ IIऽ ऽऽऽ ९ अक्षरमा विश्राम ।
१७१, केशर- म भ न य र र ऽऽऽ ऽII III Iऽऽ ऽIऽ ऽIऽ ४ र ११
अक्षरमा विश्राम ।
१७२, चञ्चरी- र स ज ज भ र ऽIऽ IIऽ IऽI IऽI ऽII ऽIऽ ५ र १० अक्षरमा विश्राम ।
१७३, हरिणीलुप्ता-
म स ज ज भ र ऽऽऽ IIऽ IऽI IऽI ऽII ऽIऽ ८ अक्षरमा विश्राम ।
१७४, छाया- य म न स त त
गुरु Iऽऽ ऽऽऽ III IIऽ ऽऽI ऽऽI ऽ ६ र १२ अक्षरमा विश्राम ।
१७५, मेघविस्फुर्जिता-
य म न स र र गुरु Iऽऽ ऽऽऽ III IIऽ ऽIऽ ऽIऽ ऽ ६ र १२ अक्षरमा विश्राम ।
१७६, सुरसा- म र भ न य न
गुरु ऽऽऽ ऽIऽ ऽII III Iऽऽ III ऽ ७ र १४ अक्षरमा विश्राम ।
१७७, फुल्लदाम- म त
न स र र गुरु ऽऽऽ ऽऽI III IIऽ ऽIऽ ऽIऽ ऽ ५ र १२ अक्षरमा विश्राम ।
१७८, शम्भु- स त य भ म म
गुरु IIऽ ऽऽI Iऽऽ ऽII ऽऽऽ ऽऽऽ ऽ ५ र १० अक्षरमा विश्राम ।
१७९, धृतपल्लवी- न
त स भ ज ज गुरु III ऽऽI IIऽ ऽII IऽI IऽI ऽ ५ र १० अक्षरमा विश्राम ।
१८०, सुवदना- म र भ न य भ
लघु गुरु ऽऽऽ ऽIऽ ऽII III Iऽऽ ऽII I ऽ ७ र १४ अक्षरमा विश्राम ।
१८१, गीतिका- स ज ज भ र स
लघु गुरु IIऽ IऽI IऽI ऽII ऽIऽ IIऽ I ऽ ५ र १० अक्षरमा विश्राम ।
१८२, चित्र- र ज र ज र ज
गुरु लघु ऽIऽ IऽI ऽIऽ IऽI ऽIऽ IऽI ऽ I ७ र १४ अक्षरमा विश्राम ।
१८३, स्रग्वरी- र र र र र र
लघु गुरु ऽIऽ ऽIऽ ऽIऽ ऽIऽ ऽIऽ ऽIऽ I ऽ ६ र १२ अक्षरमा विश्राम ।
१८४, सरसी- न ज भ ज ज ज र III IऽI ऽII IऽI IऽI IऽI ऽIऽ ७ र १४
अक्षरमा विश्राम ।
१८५, भामिनी- भ भ भ भ भ भ भ ऽII ऽII ऽII ऽII ऽII ऽII ऽII ६ र १२
अक्षरमा विश्राम ।
१८६, सिद्धक- न ज भ ज ज ज भ III IऽI ऽII IऽI IऽI IऽI ऽII ७, ७ अक्षरमा
विश्राम ।
१८७, मदिरा- भ भ भ भ भ भ भ
गुरु ऽII ऽII ऽII ऽII ऽII ऽII ऽII ऽ ६ र १२ अक्षरमा विश्राम ।
१८८, भद्रक- भ र न र न र न
गुरु ऽII ऽIऽ III ऽIऽ III ऽIऽ III ऽ विश्राम १० र १६ ।
१८९, आख्यानकी- त त
ज म र भ र गुरु ऽऽI ऽऽI IऽI ऽऽऽ ऽIऽ ऽII ऽIऽ ऽ विश्राम ५, ११ र १६ ।
१९०, देवकी- र भ भ भ भ भ भ
गुरु ऽIऽ ऽII ऽII ऽII ऽII ऽII ऽII ऽ विश्राम ४, १२ र १८ ।
१९१, अश्वललित- न ज
भ ज भ ज भ लघु गुरु III IऽI ऽII IऽI ऽII IऽI ऽII I ऽ विश्राम ५ र १२ ।
१९२, सुन्दरी- स स भ स त ज ज लघु गुरु IIऽ IIऽ ऽII IIऽ ऽऽI IऽI IऽI I ऽ विश्राम ७ र १३ ।
१९३, नवमदिरा- भ भ
भ भ भ भ भ गुरु गुरु ऽII ऽII ऽII ऽII ऽII ऽII ऽII ऽ ऽ विश्राम ६ र १२ ।
१९४, दुर्मिता- स स स स स स स
स IIऽ IIऽ IIऽ IIऽ IIऽ IIऽ IIऽ IIऽ विश्राम ६, १२ र १८ ।
१९५, तन्वी- भ त न स भ भ न य ऽII ऽऽI III IIऽ ऽII ऽII III Iऽऽ विश्राम ५ र १२ ।
१९६, किरीट- भ भ भ भ भ भ भ
भ ऽII ऽII ऽII ऽII ऽII ऽII ऽII ऽII विश्राम ६, १२ र १८ ।
१९७, ललितलता- न य
न य न य न य III Iऽऽ III Iऽऽ III Iऽऽ III Iऽऽ विश्राम १० र १७ ।
वार्णिक छन्दमा अरू पनि थुप्रै छन्दहरू छन् । यहाँ ८ देखि २४ अक्षरसम्मका केही
छन्द मात्र दिइएको छ ।
लोक छन्द :
लोकलयमा गण र
मात्रा मिलाइरहनु पर्दैन । यसमा लय मिले हुन्छ । लोकलय
भनेको लोकले गाउने लयात्मक लोकप्रिय गीत हो । नेपाल लोकलयको धनी देश हो । नेपालीले
गाउँघरतिर घाँस काट्दा, खेतमा धान रोप्दा, बारीमा कोदो लाउँदा, पूजाआजा गर्दा, विवाह-ब्रतबन्ध या कुनै उत्सवमा गाउने गीत नै लोकलयमा
आधारित रचना हो । यसलाई जान्न-बुझ्न शहरका ठूलठूला अकादमी एवं विश्वविद्यालय धाएर
मात्रै पुग्दैन, यसको ज्ञान प्राप्त गर्नको लागि दुर्गम गाउँहरू पुगी त्यहाँका बासिन्दासँग घुलमेल हुँदै उनीहरूको रीतिरिवाज, परम्परा र संस्कृतिलाई जान्न पनि जरुरी हुन्छ । नेपाल बहुभाषी, बहुजाति राष्ट्र हो, त्यसैले यहाँ अनेकौँ लोकलय पाइन्छन् । जातिगत, भाषीगत एवं
क्षेत्रगत रूपले भिन्न-भिन्न लयमा आधारित लोकगीतहरू प्रचलित छन् । लोकलय अति मीठो
र सुन्दर हुन्छ ।
अहिले आएर
अर्थात् आधुनिक नेपालमा लोकलयलाई पनि सूत्रमा बाँध्ने काम भएको छ र लोकछन्द भनेर नामाकरण गरिएको छ । यसमा अक्षर गणना हुन्छ । अक्षर गन्दा लेखनका अधारमा नभई उच्चारणका अधारमा गनिन्छ । ती मध्ये केही उदाहरण यहाँ प्रस्तुत गरेको छु ।
१, झ्याउरे-
एक पंक्तिमा
१६ अक्षर हुने र २ पंक्तिको एक श्लोक हुने झ्याउरेको संरचना यस्तो हुन्छ -
३+२+३+२+३+३=
१६ अथवा ५+५+३+३= १६
एक पंक्तिमा
१६ अक्षर हुने र ४ पंक्तिको एक श्लोक हुने झ्याउरेको संरचना यस्तो हुन्छ- ४+४+४+४= १६
२, सवाई-
यसको संरचना
४+४+४+२= १४ अथवा ४+४+२+४= १४ अक्षरको हुन्छ र ४ चरणको १
श्लोक हुन्छ । यसलयमा कविता, गीत, गजल, भजन जे पनि
लेख्न सकिन्छ । यो गीत र गजल लेख्दा २ पंक्तिमा पनि
पूर्ण हुन्छ ।
३, सेलो-
यसको संरचना
२+२+३ = ७ अक्षरको हुन्छ र ४ चरणको १ श्लोक हुन्छ । लय नबिग्रिएमा ८/९ अक्षरसम्म फैलिन सक्छ ।
४, तेह्र अक्षरको
लोक छन्द-
यसको संरचना
४+४+२+३= १३ अक्षरको हुन्छ र ४ चरणको १ श्लोक हुन्छ ।
५, घाँसे भाका-
यसमा १८ देखि
२१ अक्षरसम्म हुन्छ । ४ पाउको १ श्लोक हुन्छ । प्रत्येक पाउमा समान अक्षर हुन जरुरी छैन ।
६, तीज/देउसी
भैलो/शोक भाका-
यसमा २ अथवा ४
पाउको १ श्लोक हुन्छ । यसको पहिलो र तेस्रो पाउमा १५ अक्षर एवं
दोस्रो र चौथो पाउमा १३ अक्षर हुन्छ । संरचना
४+४+४+३= १५ / ४+४+२+३= १३ हुन्छ ।
७, रोइला-
यसको संरचना
पहिलो पाउ ४+२= ६, दोस्रो पाउ ४+३= ७ र तेस्रो पाउ ४+३= ७ अक्षरको हुन्छ । ३ पाउको १ श्लोक हुन्छ ।
८, मारुनी-
यसको संरचना
४+३+३= १० अक्षरको हुन्छ । यसमा २ वा ४ पाउको १ श्लोक हुन्छ ।
९, रसिया-
यसको संरचना
सवाई र मारुनी मिलेर बनेको हुन्छ । यसमा २, ४, ५ वा ६ पाउ हुन सक्छन् । यसको २/ ३/ ४ पाउ
सवाई (४+४+४+२= १४)को सूत्रमा हुन्छ भने अन्त्यका दुई पाउ मारुनीको दुई पाउ जोडिएको (४+३+३+४+३+३= २०) वा मारुनीको १ पाउ
(४+३+३= १०) हुन्छ । जसरी मारुनीको पाउ जोडिएर प्रयोग हुन्छ त्यसैगरि सवाईको पनि जोडिन सक्छ । यसतो अवस्थामा सवाईको दुई पाउ जोडिएर एक
पाउ र मारुनीको दुई पाउ जोडिएर एक पाउ गरी दुई पाउमा श्लोक पूर्ण हुन्छ ।
उदाहरण-
४+४+४+२= १४
४+४+४+२= १४
४+४+४+२= १४
४+४+४+२= १४
४+३+३+४+३+३=
२०
४+३+३+४+३+३=
२०
वा
४+४+४+२= १४
४+४+४+२= १४
४+४+४+२= १४
४+३+३+४+३+३=
२०
४+३+३+४+३+३=
२०
वा
४+४+४+२= १४
४+४+४+२= १४
४+३+३+४+३+३=
२०
४+३+३+४+३+३=
२०
वा
४+४+४+२= १४
४+४+४+२= १४
४+४+४+२= १४
४+४+४+२= १४
४+३+३= १०
४+३+३= १०
वा
४+४+४+२= १४
४+४+४+२= १४
४+३+३= १०
४+३+३= १०
वा
(४+४+४+२) + (४+४+४+२) = २८
(४+३+३) + (४+३+३) = २०
वा
४+४+४+२= १४
४+४+४+२= १४
४+४+४+२= १४
४+३+३+४+३+३=
२०
नोट:- यसमा
मारुनीबाट शुरू र सवाईबाट अन्त्य पनि गर्न सकिन्छ ।
१०, पन्द्र अक्षरी लोक भाका-
यसको संरचना 3+3+3+3+3= १५ अक्षरको
हुन्छ । दुई पाउको एक श्लोक हुन्छ ।
नउठी भएन नेपालका
दिदी र बैनी हो
के छ र
बाँच्ने आधार कम्मर नकसे ।
-प्रसिद्ध नेपाली गीत
११, सोह्र अक्षरी
लोक भाका-
यसको संरचना
५+3+५+3= १६ अक्षरको
हुन्छ । चार पाउको एक श्लोकहुन्छ ।
आमाले साथ
माग्दछिन् माटोले रगत माग्दछ
वीरको सन्तान तिमी हौ युगले ब्युँझ भन्दछ
शत्रुले काहीँ
हाँक दिए ढुंगाको धार बनिदेऊ
वीरको पहाड
तिमी हौ आमाको आधार बनिदेऊ ।
-बम देवान
१२, सत्र अक्षरी
लोक भाका-
यसको संरचना
३+३+२+३+३+३= १७ अक्षरको हुन्छ । दुई अथवा चार पाउको एक श्लोकहुन्छ ।
सिमली छायामा
बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो
असी झन् ठूला दु:खले घेरेको ।
-जीवन शर्मा
यस्तै अरू पनि
थुप्रै लोकलय छन् । लय मिल्ने
गरी जति पनि अक्षरमा लोक छन्दमा साहित्य रचना गर्न सकिन्छ । यसरी रच्दा धेरै लामो र छोटो नभैकन ९/१० अक्षरदेखि २०/२१ अक्षरसम्मको छ
भने सुन्दर वा उत्तम हुन्छ ।
अष्ट मात्रिक
छंद / वासव छंद
जाति नाम वासव
(अष्ट वसुओं के आधार पर), भेद ३४, संकेत: वसु, सिद्धि, विनायक, मातृका, मुख्य छंद: अखंड, छवि, मधुभार आदि।
वासव छंदों के
३४ भेदों की मात्रा बाँट लघु-गुरु मात्रा संयोजन के आधार पर ५ वर्गों में निम्न
अनुसार होगी:
########################
अ वर्ग. ८
लघु:
########################
(१) १. ११११११११, (मलयज छंद)
असकट अनमन
तन-मन घर-बन
########################
आ वर्ग. ६ लघु
१ गुरु: आठ प्रकार के वासव छंद भेद
########################
२. ११११११२
श्रीमंगला छंद
ललल ललल ला ×४पंक्ति
जियन मरन हा,
जग घुमरन हा।
पलटपट टरही।
मन कब झरही ।।
अटल नियम का
पल छिन कम का
निजपन जरही,
कब मन झरही ।।
३. १११११२१
राजेश्वरी
ललल लल लाल ×४पंक्ति
४. ११११२११
सौभाग्य छंद
ललल ललालल×४पंक्ति
५. १११२१११, सौरभ छंद
ललल ला ललल ×४पंक्ति
६. ११२११११, विभाछंद
ललला लललल ×४पंक्ति
७. १२१११११, चन्द्रसूर्या
छंद
ललालल लललल
८. २११११११,सुधारस छंद
लालल लललल ×४पंक्ति
########################
इ वर्ग. ४ लघु
२ गुरु: (१५)
########################
९. ११११२२, पद्माछंद
लललल लाला ×४पंक्ति
१०. १११२१२, कृष्णछंद
ललल लालला ×४पंक्ति
११. १११२२१, शुभछंद
ललल लालाल×४पंक्ति
१२, ११२१२१, सत्याछंद
ललला ललाल×४पंक्ति
१३. ११२२११, सोमछंद
लल लालालल ×४पंक्ति
१४, १२१२११, वैष्णवी छंद
ललाल लालल ×४पंक्ति
१५. १२२१११, मधुछंद
ललाला ललल ×४पंक्ति
१६. २१२१११, सविताछंद
लालला ललल×४पंक्ति
१७. २२११११, अंजलिछंद
लाला लललल×४पंक्ति
१८. ११२११२,चन्द्रसूर्यछंद
ललला ललला ×४पंक्ति
१९. १२११२१, चन्द्रशेखर
छंद
ललाल ललाल×४पंक्ति
२०. २११२११, नीलमणी छंद
लालल लालल×४पंक्ति
२२. १२१११२, निर्मला छंद
लला लललला×४पंक्ति
२३. २१११२१, सरिताछंद
लालल ललाल ×४पंक्ति
########################
ई वर्ग. २ लघु
३ गुरु: (१०)
########################
२४. ११२२२, सुमन छंद
२५. १२१२२, आभाछंद
ललाललाला ×४पंक्ति
२६. १२२१२, आलोकछंद
लला लालला×४पंक्ति
२७. १२२२१, रेखाछंद
ललालालाल×४पंक्ति
२८. २१२२१, प्रकाश छंद
लाल लालाल×४पंक्ति
२९. २२१२१, मोहनप्रिया
छंद
लाला ललाल×४पंक्ति
३०. २२२११, लाजवंती छंद
लाला लालल×४पंक्ति
३१. २११२२, शोभामोहन छंद
लाल ललाला ×४पंक्ति
३२. २२११२, श्री मोहन छंद
लाला ललला ×४पंक्ति
३३. २१२१२
रामराग छंद
लाल लालला ×४पंक्ति
#########################
उ वर्ग. ४
गुरु:
#########################
(१) २२२२
लालालाला×४पंक्ति
छंद-लक्षण:
प्रति पंक्ति ८ मात्रा
लक्षण छंद:
अष्ट कला चुन
वासव रचिए।
सम तुकांत रख
रस भी चखिए।
उदाहरण:
कलकल बहती
नदिया कहती
पतवार थाम
हिम्मत न हार
***
अ वर्ग. मलयज
छंद: ८ लघु (११११११११)
छंद-लक्षण:
प्रति पंक्ति ८ लघु मात्राएँ, प्रकार एक।
लक्षण छंद:
सुरभित मलयज
लघु अठ कल सज
रुक मत हरि भज
भव शव रव तज
उदाहरण:
१. अनवरत सतत
बढ़, न तनिक रुक
सजग रह न थक
'सलिल' न चुक-झुक
--------
आ वर्ग. अष्टक
छंद: ६ लघु १ गुरु (११११११२)
छंद-लक्षण:
प्रति पंक्ति ६ लघु तथा १ गुरु मात्राएँ, प्रकार ७।
लक्षण छंद:
शुभ अष्टक रच
छै लघु गुरु
वर
छंद निहित सच
मधुर वाद्य
सुर
उदाहरण:
१. कर नित
वंदन
शुभ अभिनन्दन
मत कर क्रंदन
तज पर वंचन
--------
इ वर्ग.
अष्टांग छंद: ४ लघु २ गुरु (११११२२)
छंद-लक्षण:
प्रति पंक्ति ४ लघु तथा २ गुरु मात्राएँ, प्रकार १५।
लक्षण छंद:
चौ-द्वै
लघु-गुरु
अष्टांग सृजित
सत्काव्य मधुर
सत्कार्य अजित
उदाहरण:
१. संभाव्य न
सच
सर्वदा घटित।
दुर्भाग्य न
पर
हो सदा विजित।
--------
ई वर्ग.
पर्यावरणी छंद: २ लघु ३ गुरु (११२२२)
छंद-लक्षण:
प्रति पंक्ति २ लघु तथा ३ गुरु मात्राएँ, प्रकार १०।
लक्षण छंद:
मात्रा द्वै
लघु
पूजें त्रै
गुरु
पर्यावरणी
लगा रोपणी
उदाहरण:
१. नहीं फैलने
दें बीमारी।
रहे न बाकी
अब लाचारी।
--------
उ. ४ गुरु:
धारावाही छंद (२२२२)
छंद-लक्षण:
प्रति पंक्ति ४ लघु तथा २ गुरु मात्राएँ, प्रकार १।
लक्षण छंद:
धारावाही
चौपालों से
शिक्षा फ़ैली
ग्रामीणों में
उदाहरण:
१. टेसू फूला
झूले झूला
गौरा-बौरा
गाये भौंरा।
*******************
- क्रमश:36
No comments:
Post a Comment